अप्रिल 12, 2025

राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत् झापाबाट त्रिभुवन विमानस्थल ल्याइयाे

 764,909 total views,  220 views today

मङ्सिर २६, काठमाडौं

राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत् झापाबाट त्रिभुवन विमानस्थल ल्याएर ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएकाे छ ।

उनी निमाेनियाका कारण गम्भीर बिरामी परेकाे राप्रपा केन्द्रीय सदस्य एवम् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘उहाँलाई सेनाको हेलिकप्टरले काठमाडौं विमानस्थलमा ल्यायो, विमानस्थलबाट मेडिसिटी अस्पताल लगिएको छ,’ श्रेष्ठले भने।

लिङ्देनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको झापा विर्तामोडस्थित बिएन्डसी अस्पतालले जनाएको छ।

झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देन बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि बिएन्डसी अस्पताल भर्ना भएका थिए।

बिएन्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार लिङ्देनलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।

लिङ्देनलाई बिएन्डसीको आइसियूमा राखेर उपचार थालिएको थियो। ‘उहाँको दुवै फोक्सोमा निमोनिया संक्रमण छ,’ चिकित्सकलाई उद्धृत गर्दै गिरीले भने।

लिङ्देनलाई कोरोना संक्रमणको आशंका छ। उनको स्वाब संकलन गरी पठाइसकिएको भए पनि रिपोर्ट आइनसकेको छैन।