749,110 total views, 61 views today
मङ्सिर २४, अमेरिका
आगामी जनवरी २० तारिखमा शपथ ग्रहण गर्न लागेका नव निर्वाचित राष्ट्रपति जाे बाइडेनले पद सम्हालेको सय दिनभित्र १० करोड अमेरिकीलाई कोरोना भाइरसको भ्याक्सिन दिने घाेषणा गरेका छन् ।
उनले अमेरिकी नागरिकलाई कम्तीमा सय दिन मास्क लगाउन पनि अपिल गरेका छन्।
अमेरिकाले फाइजर–बायोएनटेकलाई भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा डेढ करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख ८५ हजारको ज्यान गएको छ। संक्रमण र मृतक दुवै मामलामा अमेरिकामा विश्वमै पहिलो नम्बरमा छ।
उता, बेलायतमा मंगलबारबाट आम मानिसलाई कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिएको छ। बेलायतले पनि फाइजरलाई नै अनुमति दिएको छ। फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।
पूरै सुरक्षित हुनका लागि यसको दुई डोज लिनुपर्ने हुन्छ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान