749,323 total views, 274 views today
मङ्सिर २३, काठमाडौं
सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ।
ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ।
‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनीहरूले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ। (रासस)
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान