अप्रिल 18, 2025

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा अाेली अनुपस्थित भएपछि नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित

 766,078 total views,  191 views today

मङ्सिर २१, धुम्बाराही

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि आइतबार पार्टी मुख्यालयमा बसेकाे बैठकले २८ गते फेरि छलफल गर्ने गरी स्थगित गरिएको हाे ।

आइतबारको स्थायी कमिटी बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा यसअघि सचिवालयमा पेस गरिएका राजनीतिक प्रस्ताव अध्ययन गर्न २८ गतेसम्मका लागि समय दिएको छ ।

बैठकमा अध्यक्ष दाहालले डेढ घण्टाभन्दा बढी सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

बैठकमा अनुपस्थित भए पनि अध्यक्ष ओलीले पठाएकाे पत्र उपप्रधानमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले वाचन गरेका थिए।

उक्त पत्रमा आफ्नो पूर्वअडानअनुसार दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने नै उल्लेख छ।

यस्तै मंसिर २५ गतेका लागि डाकिएको नेकपा केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ ।