766,079 total views, 192 views today

मङ्सिर २१, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ ।
पार्टीमा पेश भएका प्रतिवेदन माथि छलफल गर्ने गरि अाज पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेकाे हाे ।
सचिवालय बैठकले पार्टीको विवाद समाधान गर्न नसकेपछि आज स्थायी किमिटी बैठक बस्न लागेको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा प्रस्तुत अलगअलग राजनीतिक प्रतिवेदन स्थायी समितिमा बुझाउने र त्यही बैठकबाट विवादको निरुपण गरिने छ।
कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र मंसिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले आरोप प्रत्यारोपसहितको राजनीतिक दस्तावेज पेश गरेका थिए।
आजको स्थायी कमिटी बैठकअघि शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुट्दै छन् । बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहने प्रवक्ता श्रेष्ठले बताएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई