जुन 17, 2025

हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गर्ने नेकपा सचिवालयकाे निर्णय

 787,489 total views,  111 views today

मङ्सिर २०, बालुवाटार

शनिबार बसेकाे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालयले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ श्रेष्ठले भने।

उनका अनुसार शनिवारकाे बैंठकमा पार्टी समस्याका
विषयमा छलफल भएता पनि निष्कर्ष निस्किन नसकेकाे जानकारी दिए ।

नेकपाकाे सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए। दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बसेको थियो ।

दुई अध्यक्षबीचको छलफल जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।