749,113 total views, 64 views today
जनकपुरधाम ।जनकपुरधाम टी२० टुर्नामेन्टको उपाधिमा सिरहा क्रिकेट एकेडेमीले कब्जा जमाएको छ । युथ ११लाई ३ रनको झिनो अन्तरले पराजित गर्दै सिरहाले उपाधीमाथी कब्जा जमाएको हो ।
सिरहाले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको युथ ११ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १ सय २३ रनमा समेटिएको थियो । युथ ११का लागि बिपुल कृष्ण २७ ,सरोज आनन्द २०, राजिव सिंह १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्समैनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
युथ ११लाई समेट्न सिरहाको बलिंगमा रुपेश सिंह, मनोज यादव, विवेक यादव र दिलीप यादवले समान २÷२ विकेट बाँडेका थिए ।
यस अघि ब्याटिंग गरेको सिरहाले विवेक यादवको ३५, भरत कार्की २२, रुपेश सिंह १५ रनको सहयोगमा ९ विकेटको क्षतिमा १सय २६ रनको स्कोर खडा गरेको थियो ।
युथ ११को बलिंगमा राजेश सिंह र विपुल कृष्णाले समान ३÷३ विकेट लिएका थिए ।
विजेता टिमलाई ५१ हजार नगद पुरस्कार समाजसेवी दीपेन्द्र ठाकुरले हस्तान्तर गरेका थिए भने उपविजेता टिम युथ ११लाई २५ हजार नगद पुरस्कार प्रदेशसभासदस्य रामसरोज यादवले हस्तान्तर गरे ।
अन्य खवर
आज प्रधानमन्त्री कप महिला क्रिकेटको फाइलन खेल भिड्दै
आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
अस्ताए फूटबलका नक्षत्र