जुन 16, 2025

ठमेलका रात्रिकालिन व्यवसायी विराेधमा उत्रिए

 787,297 total views,  242 views today

मङ्सिर १८, काठमाडौं

९ महिनाभन्दा बढी व्यवसाय बन्द गर्नुपरेपछि ठमेल क्षेत्रका व्यवसायी अान्दोलनमा उत्रिएका छन् ।

काेभिड १९ का कारण सरकारले लकडाउन खाेली सक्दा पनि धेरै भिडभाड हुने व्यवसाय भने खाेल्ने अनुमति दिएकाे छैन् ।

सुरक्षाको मापदण्ड अपनाई रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै व्यवसायीहरुले हिजो बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गको सडकमा र आज माइतीघर, बबरमहल, बानेश्वर क्षेत्रमा विराेध प्रदर्शन गरेका छन्।

सरकारले विभिन्न किसिमका पर्यटन व्यवसाय क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसाय (लाउन्ज, बार, डिस्को, डान्स बार, दोहोरी, गजललगायत) व्यवसाय भने अझै खोल्न दिएको छैन।

यस्ता व्यवसायीले व्यवसाय पूर्ण रूपमा बन्द हुदाँ घर भाडा, बैंकको व्याज लगायत तिर्न गाह्रो भएको गुनासो गर्दै तत्काल व्यवसाय सुचारु गर्न दिन सरकारसँग माग गरेका छन्।