अप्रिल 18, 2025

बुधबार दिउँसो पक्राउ परेका रामचन्द्र पाैडेल साँझ भए रिहा

 766,223 total views,  336 views today

मंसिर १७, काठमाडौं

बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेललाई बुधबारै साँझ रिहा गरेकाे छ ।

पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेर साँझ रिहा गरेकाे हाे ।

उनले कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराएका पछि तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।

पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया दिएका छन्।

पौडेल पक्राउ परेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए भने जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले विरोध जनाएका थिए ।

नेकपा कार्यकर्ताले पौडेलबाट पुललगायत संरचना उद्घाटन गर्न नहुने भन्दै बुधबार बिहान प्रदर्शन र नाराबाजी गरेका थिए। नेकपाका पाँच कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।