749,246 total views, 197 views today
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । आज बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो ।
प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाचारका लागि औपचारिक र अनौपचारिक दुबै छलफललाई निरन्तरता दिने बताउनुभयो । आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि सुरु हुने छ । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई