जुन 16, 2025

राजनीतिक तथा गैरराजनीतिक भिडभाड नगर्न जिप्रका काठमाडौंकाे अनुरोध

 787,299 total views,  244 views today

मङ्सिर १६, काठमाडौं

जिल्ला प्रशासन कार्यलय (जिप्रका) काठमाडौंले भिडभाड नगर्न काठमाडौं वासीलाई अनुराेध गरेकाे छ । पछिल्लो समय राजनीतिक तथा गैरराजनीतिक भिडभाड बढेकाे भन्दै भिडभाड नगर्न जिप्रका काठमाडौंले अनुराेध गरेकाे हाे ।

विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काे संक्रमण काठमाडौं उपत्यकामा र विषेश गरि काठमाडौं जिल्लामा तिव्र गतिमा रहेकाे भन्दै यसकाे नियन्त्रणमा सबैलाई सहयाेग पुर्‍याउन जिप्रका काठमाडौंले मंगलबार प्रेस विज्ञप्ति मार्फत काठमाडौं वासीमा अपिल गरेकाे छ ।

संक्रमणले महामारीकाे रूप धारण गरेकाे समयमा यस प्रकारकाे भिडभाड गर्नु स्थानीय प्रशासन एन, २०२८ र संक्रमण राेग एन, २०२० काे विपरीत रहेकाे पनि जिप्रकाले विज्ञप्तिमा जिकिर गरेकाे छ ।

यदि यसाे गरेकाे पाइएमा स्थानीय प्रशासन एन, २०२८ र संक्रमण राेग एन, २०२० बमोजिम कारवाही गरिने जिप्रकाकाे चेतावनी छ ।

पछिल्लो समय राजधानीकाे शान्ति वाटीका लगायत विभिन्न ठाँउहरूमा राजावादी समूहले राजतन्त्रकाे समर्थनमा जुलुस गर्न थालेका छन् ।