डिसेम्बर 23, 2024

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्म जयन्ती,सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

 749,243 total views,  194 views today

काठमाडौँ – आज कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ गुरु ग्रन्थ साहिब को रचना गर्नुभएको गियो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उहाँले गराउनुभएको थियो । गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा गुरु ग्रन्थ साहिब पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । गुरुनानक जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । गुरुनानकले शान्ति, सहिष्णुता, एकता र लोककल्याणका लागि सबै धर्मका बीच सद्भााव कायम राख्नुपर्नेमा मार्गदर्शन गरेको राष्ट्रपति भण्डारीको भनाइ छ ।