काठमाडौँ – एकदिवसीय नेपाल भ्रमणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा पुगेका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन ।
रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न ‘ग्रेटर नेपाल’को ब्यानर सहित विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।
वेई फेङ्गेको भ्रमणको अवस्थामा हुन सक्ने सुरक्षा खतरालाई ख्याल गर्दै काठमाडौंमा सुरक्षा व्यवस्थामा कडाई गरिएको अवस्थामा मोर्चाका अध्यक्ष नेपाल ब्यानर सहित गएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखेको बुझिएको छ । उनमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
वेई फेंग्हे नेपालमा औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौँ पुगेका छन् ।