749,478 total views, 429 views today
काठमाडौँ – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै हुनुहुन्छ । छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लाग्नुभएको हो ।
रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नुहुनेछ । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा वेईसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नुहुनेछ । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री वेई विमानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जानुहुनेछ । त्यहाँ दिवाभोज गरेपछि उहाँ औपचारिक वार्ताका लागि जंगी अड्डा जानुहुनेछ । उहाँ आजै बंगलादेश जाने कार्यक्रम रहेको छ । रक्षामन्त्री वेई कोभिड–१९ को महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने नै सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई