अप्रिल 12, 2025

नेकपा सचिवालयकाे अागामी बैठक मङ्सिर १६ गते

 765,001 total views,  312 views today

मङ्सिर १३, काठमाडौं

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालयको आज (शनिबार) बसेको बैठकमा पूर्व निर्धारित तालिका अनुसार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव लिखित रुपमा पेश गरेका छन्। उक्त प्रस्ताव अध्ययन् गर्न सचिवालय सदस्यलाई तीन दिनको समय दिने लक्ष्य सहित अर्को बैठक १६ गते दिउँसो १ बजे बस्ने भएकाे छ ।

नेकपाका प्रवत्ता नारायण काजी श्रेष्ठले ओलीकाे प्रस्ताव अध्ययन नगरिएको हुँदा त्यसमा के छ भन्न नसकिने बताए साथै बैठकका वक्ताहरुले पार्टीको संकट र समस्यालाई समाधान गर्न छलफल र अन्तरसंघर्षलाई सहि दिशा दिनु जरुरी रहेको बताएको उनले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता र उपाध्यक्षले पार्टी एकताको रक्षामा जोड दिनुभएको छ। यो बहसले पार्टी एकतामा विचलन पैदा हुने वा फुटको दिशातिर जाने सोच्न हुँदैन भन्ने विचार राख्नु भएको छ।’

आगामी बैठकमा ओली र दाहालका प्रस्तावमाथि छलफल हुने प्रवत्ता श्रेष्ठले जानकारी दिएका छन् ।