766,191 total views, 304 views today

मङ्सिर १३, काठमाडौं
कृषि मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेको टिप्पणी गरेका छन्।
भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई शनिबार बिहान सम्बोधन गर्दै भुसालले पार्टीको भाविष्यमा भन्दा आफ्नो साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएकोमा दुःख व्यक्त गरेका छन् ।
दुई पार्टी एकीकरण भएर देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको उनले बताए।
‘हामीले आज प्राप्त गरेको हैसियत सधैं पाइँदैन। पाएको ऐतिहासिक अवसर गुम्दैछ,’ उनले भने, ‘हिजोका सरकारको तुलनामा धेरै काम भए पनि हुनुपर्ने जति काम भएन।’
नेतृत्वले पार्टीलाई कस्तो रूपमा अघि बढाउने भन्ने कुरा स्पष्ट बुझेपछि मात्रै समस्या समाधान हुने उनको भनाइ थियो। ‘पार्टी एकजुट भएर अघि बढ्यो भने अझै पनि धेरै सम्भावना छ,’ उनले भने, ‘आगामी दुई वर्षको बजेटले देशमा ठूलो परिवर्तन गर्न सकिन्छ।’
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई