जुन 17, 2025

सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा

 787,391 total views,  13 views today

मङ्सिर १२, काठमाडौं

गृहमन्त्रीस्तरीय निर्णयबाट सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरिएकाे छ ।

काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, प्रवक्तासमेत रहेका राजु अर्याललाई कार्य तथा सीमा सुरक्षा विभागबाट पशुपतिनाथ बाहिनी काठमाडौंमा परेका छन् ।

राजेन्द्र बस्नेतलाई मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र हरीशचन्द्र अधिकारीलाई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानवस्रोत विभागमा काज सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै नारायणदत्त पौडेललाई मानव स्रोत विभागबाट मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, कृष्णभक्त बह्मचार्यलाई छिन्नमस्ताबाट कार्य तथा सीमा सुरक्षा विभाग, हरिशंकर बुढाथोकीलाई वैद्यनाथ बाहिनीबाट सीमा तथा सुरक्षा विभागमा काज सरुवा गरिएको छ ।

सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक अभिकुमार खत्रीलाई पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंबाट महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा काज सरुवा गरिएको छ।