मङ्सिर ११, काठमाडौं
नेपाल भारतकाे सम्बन्धकाे बारेमा बेल्दै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले ‘हाम्रो सम्बन्ध निकै मजबुद् छ। हाम्रा प्रयासले हाम्रो सम्बन्धलाई अझ कसरी अगाडि लैजान्छौं भन्ने देखाउनेछन्’ भनेका छन् ।
नेपाली भाषामै पत्रकारहरूसँग कुरा गर्दै उनले अाफू पहिला पनि नेपाल अाएकाे भएता पनि विदेश सचिवकाे रूपमा भने पहिलाे पटक अाएकाे जानकारी गराए ।
बिहीबार बिहान ११ बजे काठमाडौंकाे त्रिभुवन विमानस्थल झरेका श्रींगला दुई दिने अाैपचारिक भ्रमणका लागि काठमाडौं अाएका हुन् ।
श्रींगलालाई स्वागत गर्न परराष्ट्र सचिव भरतराज त्रिभुवन विमानस्थल पुगेका थिए ।
उनले नेपाल-भारत सम्बन्ध निकै बलियो भएको कुरामा पनि जोड दिएका छन् ।
आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको श्रींगलाले बताए ।
श्रींगला १९८४ देखि भारतीय विदेश सेवामा कार्यरत छन् ।