डिसेम्बर 23, 2024

उद्योग वाणिज्य महासंघको साधारण सभा, ढकाल र प्रधान प्यानल चुनावी मैदानमा

 749,230 total views,  181 views today

काठमाडौँ – आजदेखि काठमाडौंमा निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि शुरू हुँदैछ । साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङमाफृत उद्घाटन गर्न तय भएको छ । गत चैतमै हुनुपर्ने नेतृत्व चयन गर्ने साधारण सभा कोरोना भाइरसका कारण ७ महिना पछि धकेलिएको हो । निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट माइतीघर र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ । जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका छन् ।
यसैगरी, मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने भएको छ । १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार रहनुभएको छ । दुवै उम्मेदवार प्यानलसहित चुनावी मैदानमा होमिनुभएको छ । साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्नुहुनेछ ।