मंगसिर १० ,काठमाडौँ
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै विश्वभर दिवस मनाउन थालिएको हो । आजदेखि डिसेम्बर १० सम्म लैगिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन गरिँदैछ । दिवसको अवसरमा शुभकामना सन्देशमा जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाही आवश्यक रहेको औल्याउनुभएको छ ।
सबै प्रकारका हिंसा अन्त्य गर्दै लैंिगक समानता स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको राष्ट्रपति भण्डारीको तर्क छ । बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरे पनि व्यवहारमा अझै हट्न नसकेको उहाँले बताउनुभएको छ । घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूल गर्ने सरकारका प्रयास पूर्णरूपमा सफल बनाउन सबै सक्रिय हुनुपर्ने राष्ट्रपतिको तर्क रहेको छ ।