डिसेम्बर 24, 2024

धनुषाको दुइ पालिकामा कर्मचारीको धरना, अस्तव्यस्त पालिका , सेवाग्राही मार्कामा

 749,732 total views,  151 views today

धनुषा , मंसिर १० गते ।

धनुषाको धनौजी पालिकामा स्वास्थ्य , शिक्षा र निजामती कर्मचारीहरु तलब भत्ताको मांग गर्दै धरना र प्रदर्शन गरि रहेकै बेला धनुषा कै अर्को मुखियापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू पनि तलबको मांग गर्दै धर्नामा बसेका छन्।

गाउँपालिकाले जेठ महिनादेखि हालसम्मको तलब भुक्तानी नगरेको भन्दै विभिन्न ६ बुँदे माग राख्दै स्वास्थ्यकर्मीहरू धर्नामा बसेका हुन्।

विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले कोभिड–१९ को भत्तासमेत उपलब्ध नगराएको उनीहरूको भनाइ छ।

स्वास्थ्यकर्मीहरू कोभिड–१९ र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्पूर्ण भत्ता उपलब्ध गराउन, जेष्ठ महिनादेखि बाँकी तलब भुक्तानी गर्न, नियमित औषधि आपूर्ति गर्न, स्वास्थ्यकर्मीहरूको फिल्ड भत्ता र गत आर्थिक वर्षसम्मको सम्पूर्ण कार्यक्रमहरूको भत्ता भुक्तानीको माग राख्दै सोमवार देखि गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएर बसेका छन्।

पछिल्लो ७/८ महिनादेखि गाउँपालिकाले तलबका साथै काम गरेवापतको भत्ता भुक्तानी नगरेपछि बाध्य भएर स्वास्थ्यकर्मीहरू धर्नामा बस्नु परेको स्वास्थ्य संयोजक रामपुकार दासले बताए। प्रमुख प्रशासकीय अधिकृतलाई तगेदा गर्दा अख्तियारी नपाएकोले तलब भुक्तानी गर्न असमर्थ रहेको जवाफ दिएको दासको भनाइ छ।

यता प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले गाउँसभा हुननसकेपछि बजेट पारित हुननसक्दा तलबको अख्तियारी रोकिएको बताए।

‘गाउँसभा हुनसकेको छैन, गाउँसभाबाट बजेट नै पारित नभएपछि कर्मचारीले पाउनुपर्ने वैशाखदेखिको तलब रोकिएको छ,’ ठाकुरले भने,‘गाउँसभा सम्पन्न नभएपछि बजेट रोकिएको छ।’

धनौजीमा पनि धरना :

धनुषाको धनौजी गाउपालिकामा यतिबेला शिक्षा , स्वास्थ्य र निजामतीका सयकंडो कर्मचारी आन्दोलनमा छन । आन्दोलनका कारण पालिकाको कामकाज सबै नराम्ररी प्रभावित भएको छ ।

कर्मचारीहरुले समयमा पाउनु पर्ने तलब, भत्ता, संचयकोष लगायतका रकम माहींनो देखी नपाएको भन्दै गाउपालिकाको काम कारवाही ठप पारेर आन्दोलित छन ।

पालिका भित्रका स्वास्थ्य , शिक्षा , निजामती लगायतका झन्डै एकशय भन्दा बढि कर्मचारीहरु मंसिर ७ गते देखी नै पच्छिलो पटक संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन । पालिकाको कार्यालयमा तालाबन्दी देखी धरना सम्म दिदै आएका कर्मचारीहरुले पालिका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखको कार्य व्यवहार संग दुखी छन । गत अषाढ़ देखी नै स्वास्थ्यमा कार्यरत ४७ जना कर्मचारीले तलब भत्ता पाएका छैनन । कोरोना संक्रमण बढेको बेला समेत आफूहरुले काम र मेहनत गरेको पैसा न पाएको गुनाशो स्वास्थ्यमा कार्यरत कर्मचारीहरुको छ । गत वर्षको संचयकोषको पैसा समेत पाएका छैनन कर्मचारी । गत साउन महीना देखी पाँच महिनाको सम्मको तलब भत्ता शिक्षा र अन्य निजामती कर्मचारीले समेत पाएका छैनन ।
शिक्षा र स्वाथ्यमा कार्यरत पालिकाका दर्जनों कर्मचारीको आक्रोश समान छ ।