749,374 total views, 325 views today
मङ्सिर ९, काठमाडौं
मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी ) निर्देशक समितिको बैठकले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ ।
अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
‘‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्याँकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेकाे भएता पनि संक्रमणको जाेखिम उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान