Site icon States Khabar

सिटी भ्यालु र कोरोना व्यपार

सिटी भ्यालु भनेको कोरोना संक्रमणको साइकल थ्रेसहोल्डलाई जनाउँछ, कुन संक्रमितमा भाइरसको मात्र कस्तो छ, समुदायमा संक्रमण फैलाउन सक्छ कि सक्दैन भन्ने कुराको निक्र्योल गर्ने सिटी भ्यालु नै हो ।
‘युरोपमा ३३ सिटी भ्यालुभन्दा मुनि र भारतमा २४ सिटी भ्यालुभन्दा मुनिका संक्रमित भनेको बलियो कोरोना संक्रमितको रूपमा अध्ययनहरूले देखाएका छन्, त्यसमाथिका संक्रमितले समुदायमा कोरोना संक्रमण फैलाउन सक्दैन भनिन्छ, तर यो तथ्यांक अहिले पूर्णरूपमा अध्ययनकै चरणमा रहेको छ ।
कुन रिएजेन्ट र एक्सट्रेक्स किटमा परीक्षण हुन्छ, त्यसमा पनि सिटी भ्यालु भरपर्ने गर्छ ।’ यस विषयमा नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाले दक्ष जनशक्ति र समय अभावका कारण पहिले सिटी भ्यालुसहितको रिपोर्ट नदिएकोमा हाल चारैतिरबाट माग उठेपछि सिटी भ्यालु एडेड रिपोर्ट उपलब्ध गराउन थालिएको बताए । उनले पिसिआर रिपोर्टको अन्तिम नतिजाको विश्लेषण सिटी भ्यालुबाट नै गर्ने हुँदा सामान्य प्रक्रियाबाट चार चरण पार गरेपछि करिब १० घण्टा लाग्छ एउटा नमुनाको नतिजा निकाल्न भने सिटी भ्यालु निकाल्न थप दुर्ई घण्टा समय लाग्ने जानकारी दिए ।
पर्सा–बाराका सिटी भ्यालु खतरापूर्ण नारायणी अस्पतालमा हुने पिसिआर परीक्षणमा बलियो संक्रमित मात्र भेटिने गरेका छन् । साउन अघि ३०, ३२, ३४ सम्म सिटी भ्यालु आउँथ्यो भने अहिले ८० प्रतिशत पोजेटिभ केस २४ भन्दा मुनि अर्थात् १५, १६, १७ सम्म आउने गरेको डा.अतुलेश चौरसियाले जानकारी दिए । ‘हामीले सिटी भ्यालुलाई विश्लेषण गरी २५ भन्दा मुनिकालाई बलियो संक्रमित मानेर पोजेटिभ रिपोर्ट दिने गरेका छौँ, अहिले करिब सवा महिनादेखि सिटी भ्यालु निकै कम आइरहेको छ, यो चिन्ताको विषय हो, सिटी भ्यालु कम आउनुको मतलब संक्रमितमा भाइरसको संख्या धेरै हुनु हो’, उनले भने, ‘२४ भन्दामुनिका संक्रमितलाई होम आइसोलेसनको मापदण्ड पूरा गरे मात्र घरमा बस्न नत्र कोभिड अस्पताल, सेमिआइसोलेसन वा क्वारेन्टाइनमै बसेको ठीक हुन्छ ।’ बलियो संक्रमित होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पूरा नगरी बसेमा घरपरिवारका सदस्यमा फैलिने खतरा हुन्छ ।
सामान्यतया सिटी भ्यालुको अंक ३५ पछि कोरोना नेगेटिभ भएको मान्ने गरिन्छ। तर केहि अस्पताल हरुले ३५ भन्दा माथि सिटी भ्यालु हुदा पनि पोजिटिभ रिपोर्ट देखाउने गरेका छन् । यसरी निजि अस्पतालले आफ्नो PCR टेस्टको संख्या बढाउन यस्तो गर्ने गरेंको सर्वसाधारणले आरोप लगाउने गरेका छन् ।

Exit mobile version