750,170 total views, 589 views today
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः निर्वाचनमा पराजित भएको स्वीकार गरेका छन् । उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गर्दै आएका ट्रम्पले अन्ततः हार स्वीकारेका हुन् । यसैबीच, बाइडेनले क्याबिनेटका केही महत्वपूर्ण सदस्यको घोषणा गरेका छन् । बाइडेनको लामो समयदेखिका सल्लाहकार एन्टोनी ब्लिनकेन विदेशमन्त्री हुने भएका छन् । राष्ट्रिय इन्टेलिजेन्स निर्देशकमा अभरिल हैंस नियुक्त भएका छन् । होम ल्याण्ड सेक्युरिटी मन्त्रीमा अलेजान्द्रो मायोरकास नियुक्त भएका छन् ।
ओबामा प्रशासनमा दोस्रो कार्यकाल विदेशमन्त्री रहेका जोन केरीलाई जलवायु परिवर्तन सम्बन्धि विभाग हेर्ने गरि नियुक्ति गरिने भएको छ । त्यस्तै बाइडेनले ज्याक सुलिभनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् भने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुतमा लिन्डा थोमस ग्रीनफिल्डलाई नियुक्त गरेका छन् । बाइडेनले यसअघि नै ह्वाइटहाउसको चिफ अफ स्टाफमा रोन क्लेनलाई नियुक्त गरिसकेका छन् । बाइडेनले मनोनित गर्ने क्याबिनेट सदस्यलाई रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । आगामी जनवरी ५ मा जर्जियामा दुई सिनेट पदका लागि हुने निर्वाचनले सिनेटमा रिपब्लिकनको नियन्त्रण जारी रहन्छ या रहदैन भन्ने टुंगो लाग्ने छ । अमेरिकी क्याबिनेटमा उपराष्ट्रपतिसहित अन्य १५ मन्त्रालय हुन्छन् । यसैबीच आगामी डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपति निर्वाचनका विजेता घोषणा गरिनेछ । निर्वाचनमा बाइडेनले ३०४ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई