अप्रिल 18, 2025

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ढुक्कले परीक्षा दिन सरकारको आग्रह

 765,905 total views,  18 views today

काठमाडौँ कोरोना महामारीका बीच कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थीका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ ।
कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णांकको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको छ । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बोर्डले जनाएको छ । गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो ।