Site icon States Khabar

सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुगेको अवस्थामा चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो

काठमाडौँ – सत्तारुढ नेकपामा विवाद चुलिएको बेला चिनियाँ राजदूत होउ यान्छीले भेटघाटलाई तिव्र बनाउनुभएको छ । राजदूत यान्छीले खुमलटारस्थित निवासमै पुगेर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग आज भेटवार्ता गर्नुभएको हो । चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागेको र नेकपामा विवाद चुलिएको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजदूत यान्छीले यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । राजदूत यान्छीले कुटनीतिक मर्यादा विपरित अनावश्यक सक्रियता देखाएको भन्दै आलोचना हुँदै आएको छ ।

Exit mobile version