771,638 total views, 183 views today

काठमाडौँ – सत्तारुढ नेकपाको विवाद थप पेचिलो बनेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको जवाफी प्रस्ताव लेख्न दस दिनको समय मागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका पछिल्ला भेटघाटलाई लिएर प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित भएको छ । अन्तिम समयमा मंसिर ३ को सचिवालयमा बैठकमा सहभागी भएका ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव लेख्न समय माग्नुभएको थियो । सोही अनुसार नेकपाको सचिवालयको अर्को बैठक मंसिर १३ गते बोलाइएको छ ।
नेकपामा पहिलोपटक दुई अध्यक्षका फरकफरक प्रस्ताव पेश हुँदैछन् । अहिले एकीकृत प्रतिवेदन बनाउने विकल्पमा छलफल भए पनि मंसिर ३ को बैठकपछि ओली र प्रचण्डबीच भेट भएको छैन । प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेश कमिटीमा पठाइएको छ । दुई प्रतिवेदन फिर्ता वा सहमति नभए नेकपाको राजनीति बहुमत अल्पतमा छ । पार्टीको पछिल्लो विवाद छलफलका लागि मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई