मे 12, 2025

चिनियाँ रक्षामन्त्री वेई आगामी मंसिर १४ गते नेपाल आउने

 772,706 total views,  312 views today

काठमाडौँ चिनियाँ रक्षामन्त्री वेई फेङ्हे दुईदिने भ्रमणका लागि आगामी मंसिर १४ गते नेपाल आउने भएका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको नेपाल आउन लागेका हुन् । कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका वेई सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन ।
भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने बताइएको छ । चिनियाँ रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् । चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् । भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउँदै छन् । उनी मंसिर १२ गते फर्कने छन । उनी फर्केको पर्सिपल्ट मंसिर १४ गते चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ  ।