अप्रिल 10, 2025

३३ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा सूची सहित

 764,520 total views,  74 views today

Nepal police logo

मङ्सिर ५, काठमाडौं

एकै पटकमा ३३ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गृहमन्त्रालयको मिति २०७७ मङ्सिर ५ मा बसेकमे मन्त्रीस्तरीय बैठकले मिति २०७७ मङ्सिर ७ गतेदेखि लागू हुने गरि जनपद तर्फको ३३ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गर्ने निर्णय गरेको हो।

यससँगै काठमाडौं र ललितपुरको प्रहरी प्रमुखहरू फेएिको छ । सरुवापछि किरण बज्राचार्यले प्रहरी ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाउने भएका छन् भने अशोक सिंहले काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी पाउने भएका छन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा जनक भट्टराई आएका जानकारी गराइएको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।