749,169 total views, 120 views today
काठमाडौँ – भारतले कोरोनाविरुद्ध बनाएको खोपको आज तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण सुरु गरिँदै छ । त्यसको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाउने भएका छन् । भातरीय जनता पार्टीका नेता ६७ वर्षीय उनले आज अम्बालास्थित सिभिल अस्पतालमा परीक्षण खोप लगाउने जानकारी दिएका हुन् । भारतको बायोटेक नामको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहयोगमा कोरोनाविरुद्ध कोभ्याक्सिन बनाइरहेको हो ।
कम्पनीले गत हप्ता खोपको पहिलो र दोस्रो चरण परीक्षणको विश्लेषण पूरा गरिएको र अब तेस्रो चरणको परीक्षण सुरु गर्ने जानकारी दिएको थियो । कम्पनीका अनुसार तेस्रो चरणको परीक्षणअन्तर्गत यस हप्ता भारतका २५ केन्द्रमा २६ हजार जनलाई खोप लगाइनेछ । भारतमा खोपको यो परीक्षण अहिलेसम्मकै ठूलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी सन् २०२१ को दोस्रोरतेस्रो महिनासम्ममा यो खोप बजारमा आउने विश्वास व्यक्त गरेका छन् ।
अन्य खवर
जाेशीकाे मस्तिष्कको शल्यक्रिया
तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने प्रधानमन्त्रीको भनाइ
भारतमा काेराेना भ्याक्सिन लगाएकाहरू मध्ये केहिमा साइड इफेम्ट देखियाे