Site icon States Khabar

वायु प्रदूषणले कोरोना सङ्क्रमण र मृत्युदर बढी हुने विज्ञको दावी, सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशतको प्रदूषणकै कारण ज्यान गएको तथ्यांक

काठमाडौँ – वायु प्रदूषण बढी भएको ठाउँमा बस्ने मानिसमा कोरोना भाइरस सङ्क्रमण र सङक्रमणका कारण ज्यान जाने सम्भावना बढी हुने विज्ञहरुले बताएका छन् । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोरोना सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरेको जानकारी दिइएको छ ।
मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताउनुभयो । फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएकाले सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुईतीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।।

Exit mobile version