अप्रिल 19, 2025

चीनमा कोरोना संक्रमितले निको भएपछि ६ महिनासम्मको अबधिमा रक्तदान गर्न नपाउने

 766,457 total views,  219 views today

मङ्सिर ४, चीन

चीनको राष्ट्रिय स्वास्थ विभागले रक्तदान सम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिका अनुसार कोरोना संक्रमितले निको भएपछि ६ महिनासम्मको अबधिमा रक्तदान गर्न पाउनेछैनन् ।

रक्तदान सम्बन्धि नयाँ नियम लागू गर्नुका पछाडि कोरोनाको संक्रमण नफैलियोस् भन्ने रहेको चिनियाँ स्वस्थ्य विभागलाई उद्रृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

कोरोना संक्रमणमुक्त भएकाहरूको रगत कोरोना संक्रमितको उपचारमा लाभदायक भएको पाइएपनि अनुसन्धानले यसले अन्य समस्या निम्तिने देखिएको ग्लोबल टाइम्सले जनाएको छ ।

स्टेस खबरले नेपालमा कार्यरत भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मासँग यसै बिषयमा गरेको कुराकानीमा डा. शर्माले रक्त सञ्चारबाट संक्रमण रोग नफैलिने भएता पनि अन्य जोखिमलाई मध्यनजर गरेर कम्तिमा २८ दिन सो व्यक्तिको रगत प्रयोग नगर्ने बैज्ञानिक प्रचलन रहेको बताइन् ।