Site icon States Khabar

आजछठको दोस्रो दिन खरना मनाइदैं

काठमाडौँ – सूर्यको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व अन्तरगत आज दोस्रो दिन खरना, चन्द्रमालाई खीर चढाएर मनाइँदैछ । आज बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भनिन्छ । हिजो बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधिवत सुरुवात भएको हो ।
आज गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालु दिनभर निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गर्छन् । चार दिन सम्म मनाइने छठ पर्वको तेस्रो दिन भोलि गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिई तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै भोलिको रात बिताइन्छ । र भोलिपल्ट बिहान उदाउँदो सुर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिएपछि यो पर्व समापन हुनेछ ।

Exit mobile version