काठमाडौँ – सचिवालय बैठक १० दिनका लागि स्थगित भएपछि नेकपा नेताहरू आन्तरिक रणनीति बनाउन जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली आफूमाथि लागेका संघीन आरोपको जवाफ दिन तयार भएपछि सचिवालय बैठकले १० दिनको समय दिएको हो । ओलीले समय लम्ब्याएर चलखेल गर्न सक्ने आशंकामा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सूक्ष्म निगरानी राख्ने रणनीति बनाएको छ ।
प्रचण्डको सवालको कडा जवाफ दिने, पार्टी र संसदीय दलमा बहुमत पु¥याउने संसद् विघटन गरेर ताजा जनादेशमा जानेलगायतका विषयमा ओली पक्षले रणनीतिक तयारी गरेको छ । ७७ वटै जिल्लामा आफ्नो पक्षको भेला गर्ने र केन्द्रीय राजनीतिबारे बिफ्रिङ गर्ने योजना ओली पक्षको छ । पार्टी र संसदीय दलमा आफूसँग भएको बहुमतलाई यथावत् राख्ने र ओलीसँग संवादमा बसेका सांसदहरूसँग छलफल गर्ने योजना प्रचण्ड–नेपाल पक्षको छ ।