डिसेम्बर 23, 2024

नेकपा सचिवालय बैठक १० पछि

 749,433 total views,  384 views today

मङ्सिर ३, बालुवाटार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको छ । विवादका बीच प्रधानमन्त्री ओली समेत सामेल आजकाे बैठकले सो निर्णय गरेको हो ।

यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहालले अर्का अध्यक्ष केपी शर्मा अाेलीलाई बुझाएको पत्रपछि पार्टीका नेताहरू बीच विवाद चुलिएको थियो ।

उक्त पत्रपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए। यद्यपि बैठक नसर्ने अवस्था बनेपछि ओली पनि बैठकमा सहभागी भएका हुन् ।

बैठक अघि प्रधानमन्त्री ओलीकाे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएकाे भेटलाई अर्थपुर्ण ढङ्गले हेरिएकाे छ । यता नेकपा विवाद चुलिएकै बेलमा हिजाे चिनियाँ राजदूत हउ यान्छीले प्रधानमन्त्री अाेलीसँग भेट गरेकी थिन् ।