अप्रिल 12, 2025

विद्यालय खोल्ने सरकारको तयारी

 764,904 total views,  215 views today

मङ्सिर ३, काठमाडौं

सरकारले कोरोना जोखिम नभएका र कम भएका ठाँउमा विद्यालय खोल्ने तयारी थालेको छ । कात्तिक २२ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘कोभिड – १९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, ०७७’ अनुसार स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्ने बाटो खोलेको हो ।

कोरोना नभएका ठाँउ र कम हुँदै जाने ठाँउका स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्टमा वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालन गर्न बाटो खुलाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कोरोनाका नियन्त्रण तथा उपचारका लागि क्वारेन्टाइन, आइसोलेसनका रूपमा प्रयोग गरिएका विद्यालयलाई पनि पुनः सञ्चालनमा ल्याइने भएको छ ।

हाल देशभरका शिक्षण संस्थाले रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता माध्यमबाट पठनपाठन सुचारु गरिरहेको भएता पनि त्यो त्यति प्रभावकारी हुन सकिरहेको छैन ।