जुन 17, 2025

विश्व स्वास्थ्य संगठनका ६५ जना कर्मचारीमा कोभिड १९ संक्रमण

 787,398 total views,  20 views today

मङ्सिर 3, जेनेभा

विश्व स्वास्थ्य संगठनका ६५ जना कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ प्रकोपको सुरुवाती चरणदेखि हालसम्म ६५ जनामा संक्रमण देखिएको हो ।
संक्रमित सबैलाई उचित स्वास्थ्य उपचारको व्यवस्थ्या गरिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्ल्यूएचओले जनाएको छ।
जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ।