749,214 total views, 165 views today
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भेटवार्ता भएको एक नेताले जानकारी दिए । पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म सचिवालय बैठक बस्न नदिने केपी शर्मा ओली पक्षको अडान छ ।
बुधवार जुनसुकै हालतमा बैठक बस्ने दाहाल पक्षको अडानबीच नेकपाको विवादले कुन स्वरूप ग्रहण गर्ला भन्ने चासोको विषय बनेको छ ।
पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्षरविपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई