749,399 total views, 350 views today
काठमाडौँ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणमा ढिलाई गरे कोरोना संक्रमणले थप मानिसहरुको ज्यान जानसक्ने बताएका छन् । बाइडेनले कोरोनाभाइरसको प्रकोप रोक्न समन्वयको आवश्यकता रहेकोमा जोड दिएका छन् । डेलावेयरमा आयोजित कार्यक्रममा उनले योजना बनाएर लागू गरिहाल्नुपर्नेमा ट्रम्पले अवरोध सिर्जना गर्न खोजेको बताए । राष्ट्रपतीय निर्वाचनपछि संक्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपतमा निर्वाचित कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन् । उनीहरुलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङको पहुँच दिइएको छैन । ट्रम्पको चुनावी अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ । बाइडेनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार्न पुनः आह्वान गरेका छन् । ३ नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् । जवकि राष्ट्रपति निर्वाचित हुन २ सय ७० कलेज भोट भए पुग्छ । यद्यपि, राष्ट्रपति ट्रम्पले आफूले चुनाव जितेको दाबी गर्दै आएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई