डिसेम्बर 23, 2024

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात, जनजीवन कष्टकर

 749,178 total views,  129 views today

काठमाडौँ काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भएको छ । हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, पुर्वी रुकुमलगायतका स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् । मनाङको तापक्रम पनि माइनस ८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ