749,386 total views, 337 views today
काठमाडौँ – हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डनमा नेपालीले संचालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुने सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो । मृत्यु हुनेमध्ये ७ जना नेपालीको मात्र सनाखत भएको छ । आगलागीमा परी ३८ बर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङको मृत्यु भएको छ । यस्तै, ३२ वर्षीय अनिता निरौला र ४० वर्षीय विनिता तामाङको पनि मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ । आगलागीमा परी घाइते भएका तीन पुरुष र चार महिलाको अवस्था गम्भीर रहेको छ । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान