डिसेम्बर 23, 2024

नेवार समुदायमा आज पनि भाइटीका

 749,155 total views,  106 views today

काठमाडौँ – नेवार समुदायले आज किजा पूजा अर्थात भाइटीका पर्व मनाउँदैछन् । नेवार समुदायले भाइटीकाको भोलिपल्ट मात्रै भाइटीका लगाउने गर्छन् । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवार समूदायमा तिहार प्रसिद्ध छ । नेवार समुदायको भाइटीकाको अवसरमा काठमाडौँस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । भूकम्पबाट क्षति भएको मन्दिर पुनर्निर्माण भएसँगै पाँच वर्षपछि भाइटीकाको दिन खुला गरिएको हो । दिदीबहिनी नहुने दाजुभाइले यहाँ पुगेर टीका लगाउँछन् । किजा पूजाका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था विदा हुने गृहमन्त्रालयले जनाएको छ