Site icon States Khabar

जनकपुरमा जे टी २० को आयोजन हुने

धनुषा, मंसिर ०१ गते ।

लामो समय देखी खेलकूद गतिविधि बंद रहेको जनकपुरधाममा यही आउदो मंसिर ८ गते देखी जे. टी. २० को आयोजन हुन लागेको छ ।

जनकपुरधामको ऐतिहाशि रंगभुमी मैदान बारबिघामा जनकपुर टि २० क्रिकेट प्रतियोगिताको आयोजन हुने आयोजनकले सोमवार एक पत्रकार सम्मेलनको आयोजन गरेर जानकारी दिएको हो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित पत्रकार सम्म्मेलनमा आयोजकले प्रदेश २ का आठ जिल्लालाई लक्षित गरेर क्रिकेट टोली सहभागी गर्ने जनाएका छन ।

खाश गरेर प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सर्लाही सहितका स्थान वाट १६ टिम सहभागी हुने लक्ष्य आयोजकले राखेको पत्रकार सम्मेलनमा धनुषा क्रिकेट संघका उपाध्यक्ष शोभकान्त पांडेयले बताए ।

सहिद कप , दिपक गुप्ता मेरोरियल क्रिकेट टूर्नामेंट(ट्रफि) लगायतका प्रतियोगिताको माहौल बनाउन र खेलकुदको विकाशका साथ साथ पुनः खेलकूदको वातावरण तैयार पार्न नै स्थानीय स्तरको यो आयोजन गर्न लागेको उपाध्यक्ष पांडेयले स्पस्ट पारे ।

टी २० प्रतियोगितामा प्रथम हुने टीमलाई नगर ५१ हजार र ट्रफी, द्वितीयलाइ २५ हजार नगद र ट्रॉफी पुरस्कार साथै प्रत्येक दिन मैन ऑफ द मैच समेतलाई परस्कृत गर्ने कार्यक्रम रहेको छ ।

कोरोनाले गर्दा खेल अबरुद्ध भएको समयमा पुनः खेकुदको माहौल (वातावरण ) बनाउंन बनाउंन प्रतियोगिता हुन लागेको आयोजकको तर्क छ ।

प्रतियोगितालाई भव्य र सभ्य बनाउंन आयोजकले अलग अलग तीन ओटा समिति समेत बनाएको छ ।

ई. प्रेमचंद्र राय कॉर्डिनेटर रहेको मूल आयोजक कमिटीको सदश्यमा आशिष झा, रुपेश सिंह (मुन्ना), हिरेन्द्र अधिकारी , जितेंद्र मल्लिक , अशोक अधिकारी र ई.भवेश मिश्रलाई जिम्मेवारी तोकिएको छ । मीडिया म्यानेजमेन्ट समितिमा संचारकर्मी त्रय लोकान्तरका अजय अनुरागी, पालिका खवरका घनश्याम मिश्र र पहिलो पोस्टका सुमित मिश्र चुनिएका छन ।
सल्लाहकार समितिमा नवीन सिंह, सो भकान्त पांडेय, आकाश पांडेय रहेका छन ।
मंसिर ८ गते देखी सुरु हुने टूर्नामेंट ८ दिन सम्म चलने छ ।

Exit mobile version