749,269 total views, 220 views today
काठमाडौं – उपत्यका सहित देशभरी नै आज मौसम बदली भएसँगै चिसो बढेको छ । आज विहानै देखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । अहिले उपत्यकासहित बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका रहेको विभागले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अन्य खवर
१९९० सालमा भूकम्प गएको सम्झनामा आज देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म