मङसिर १, काठमाडौं
नेपालकालागि अमेरिकाका राजदूत र्याण्डी बेरीले भाइटीकाको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर माफत् सोमबार बिहान ९:०८ बजे शुभकामना दिएका हुन् ।
‘‘दाजुभाइ दिदीबहिनी बिच सद्भाव र प्रेमको पर्व भाईटीकाको अवसरमा तपाईंको परिवारमा आत्मीयता बढोस् ।’’ र्याण्डीले लेखेका छन्, ‘‘सबैजनाले सुरक्षित तरीकाले पर्व मनाउन सक्नुहोस् भन्ने शुभकामना छ ।’
ट्विटमा उनले नेपाल संवत ११४१ को शुभकामना समेत व्यक्त गरेका छन् ।
र्याण्डीले अधिकांश नेपाली चाडपर्वमा नेपाली भाषामा देवनागरिक लिपि प्रयोग गरेर ट्विटर माफत् शुभकामना दिदै आएका छन् ।