Site icon States Khabar

बेलायतका प्रधानमन्त्री बोरीस जोनसन सेल्फ आइसोलेसनमा, लक्षण भने देखिएको छैन

मङ्सिर १, बेलायत

कोरोना संक्रमितसँगको सम्पर्कमा रहेका कारण बेलायतका प्रधानमन्त्री बोरीस जोनसन सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

जोनसनले बुधबार आधी घण्टा केहि कानुन निर्मातासँग भेट गरेका थिए जसमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

कन्ट्याक ट्रेसिङमा जोनसोन समेत परेपछि उनी सेल्फ आइसोलेसनमा बस्न सुझाइएको बेलायतका स्वास्थ्य अधिकारीले बताएका छन् ।

उनको स्वास्थ्यमा कुनै गडबडी नभएको र उनलाई कोरोनाको लक्षण पनि नदेखिएको जनाइएकाे छ ।

उनी कति दिन सेल्फ आइसोलेसनमा बस्ने छन् भन्ने जानकारी गराइएको छैन् । बेलायतको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कन्ट्याक ट्रेसिङमा परेका मान्छे १४ दिन क्वारेन्टाइनमा बस्ने नियम छ ।

जोनसन गत अप्रीलमा कोरोना संक्रमित बनेपछि स्वास्थमा जटिलता देखिएका कारण ३ रात अस्पताल समेत बस्नुपरेको थियो ।

Exit mobile version