डिसेम्बर 23, 2024

बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्ने

 749,327 total views,  278 views today

कार्तिक ३०, काठमाडौं

दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने मन्दिरको रूपमा परिचित रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यसवर्षको भाइटिकामा खुल्ने भएको छ । २०७२ साल वैशाख १२ को भुकम्पपछि बन्द रहदै आएको मन्दिर यसै वर्ष पनः निर्माण सकिएर उद्घाटनसमेत भइसकेको हुनाले भाइटिकाको दिन खुलाउन लागिएको हो ।

पुनः निर्माणपछि कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको थियो । उद्घाटनपछि रानीपोखरी परिसरका बालगोपालेश्वर मन्दिरबाहेकका अन्य ठाँउ सर्वसाधारणका लागि भोलिपल्ट देखि नै खोलिएको थियो ।

बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्र खोल्ने गरिन्छ । मन्दिर परिसरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने प्रचलन रहिआएको छ ।

यस वर्ष मङ्सिर १ गते परेको भाइटिकाको दिन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खोल्ने कमनपाले जानकारी दिएको छ ।