अप्रिल 18, 2025

छोरी र पत्नी ऊपर एसिड प्रहार गर्ने संजीव प्रहरी हिराशतमा , घाइते महिला थप ऊपचारको लागि रेफर

 766,226 total views,  339 views today

धनुषा ।

जनकपुरधाम उप महानगर पालिकामा एक महिला ऊपर एसिड प्रहार गरिएको छ। उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान आफ्नै पतिले पत्नी आरतीमाथि एसिड प्रहार गरेका हुन्।

एसिड प्रहारबाट घाइते आरतीलाई अहिले जनकपुर८ स्थित जानकी हेल्थकेयरमा भर्ना गरिएको थियो तर ऊपचारलाई अझ प्रभावकारी बनाउंन थप उपचारको लागि बाहिर रेफर गरिएको छ। उनकाे मुहार र छातीको भाग एसिड प्रहारका कारण जलेको छ त्यस्तै हातमा समेत घाउ लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसा ‘एसिड प्रहाले शरीरको २५ प्रतिशत भाग जलेको उनको कथन छ । युवतीमाथी एसिड प्रहार गर्ने आफ्नै पती नै रहेको खुलेको छ ।

आफ्नै पत्नी माथि एसिड प्रहार गरेर फरार रहेका संजीवलाई प्रहरीले पक्राउ गरेको छ ।
एसिड प्रहार गरेको आरोपमा प्रहरीले युवतीका पति २७ वर्षीय सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर चार संकट मोचन स्कूल नजिक डेराबाट घटना लगतै शनिवार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

२७ वर्षीय सञ्जीव साबिक घर धनुषाको सबैला रहेको तर हाल ऊनि घर डेरा लिएर शंकट विद्यालय नजिक बस्दै आएका थिए ।

ऊनि हाल जनकपुरको एक सुंचाँदी पसलमा कारीगरको रुपमा काम गर्दै छन । घटनाको केही समय नबित्दै धनुषा प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो।

३ वर्षअघि विवाह भएको उनको पति सँग श्रीमानसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिईन् । घटना वारे थप आबश्यक अनुसन्धान प्रहरीले अगाडि बढाएका छन ।

प्राप्त जानकारी अनुसार घटनाको असुंधानको क्रममा संजीवले जून पसल बाट एसिड खरीद गरेका थिए । त्यस पसल संचालकलाई समेत प्रहरीले नियंत्रणमा लिएर अनुसंधान अगाडि बढाएको छ ।