Site icon States Khabar

मेयर साहब ख़ोई त नगर प्रहरी !

जनकपुरको सड़क पेटि फुटपाथ कब्जमा
पैदलयात्री विच सड़क बाट हिड्न बाध्य ।

धनुषा ।

पौराणिक प्राचीनतम इतिहाश बोकेको शहरजनकपुरधाम । शिताको जन्मभूमि र मि थिलाको अध्यात्मिक शहर पनि हो । अहिले नगर भित्र सड़क पनि छ र सड़क पेटी(फुटपाथ) पनि । तर सड़क पेटीको सदुपयोग बटुवाले गर्न पाएका छैनन । बढि भीड़ भाड़ हुने स्थानहरुमा सड़क पेटी नै व्यापारीले कब्जा गरेको छ । एसियाली बिकाश बैंकको ऋण सहयोगमा जनकपुरधाममा पच्छिलो समय सड़क बन्यो, सड़क विचो विच ड्रेनेज पनि निर्माण भयो , सड़क पेटी (फुटपाथ) पनि जेन तेन बनकै हो । तर सड़क पेटीमा साना-खूद्रा व्यापारीले अस्थायी पसल नै संचालन गर्न थालेपछि सड़क हिड्ने बटुवा पुनः विच सड़क बाट हिड्न बाध्य छन जनकपुरमा । यहां विकाश परियोजना लागू हुने बित्तिकै स्थानीयहरु खुशी भएका थिए । सड़क र फुटपाथको राम्रो व्यवस्थापन हुन्छ भन्नेमा सबै ढुक्क थिए । तर त्यसो भने हुन सकेको छैन । सरोकारवालाको नियनित अनुगमन छैन, नगरमा नगर प्रहरी छ तर कहा छ भन्ने कसैलाई थाहा छैन । नगरका दर्जनों प्रहरी मेयरकै अगाडि पछाड़ि घुमेको देखन सकिन्छ । करारमा प्रहरी भर्ना गर्दा नगरलाई व्यवस्थित गर्न भनेर भर्ना भएका नगर प्रहरीहरु मेयरकै सेवामा लागेको सहजै देखन सकिन्छ । सड़क बन्यो , फुटपाथ पनि नामको लागि बन्यो तर अहिले फुटपाथमा व्यक्तिहोइन व्यापारिहरु आफ्नो प्रयोजनको लागि उपयोग गर्दै छन । फुटपाथ पनि सबै ठाउमा फरक फरक । कतई एक मीटर , कतई दुइ मीटर त कतई छदा नी छैन सड़कपेटी । सड़क पेटी (फुटपाथ) निर्माण हुँदा पनि भेदभाव भएको भन्नेहरु पनि थुप्रैछन ।
जनकपुरको मुटु भनिने जानकी चौक, राम चौक, पुरानो बसपार्क लगायत उप महानगर पालिका भित्रको प्रमुख सबैजससो स्थानमा फुटपाथ नै कब्जा गरिएको छ । सामान्य खुदरा व्यापारी देखी ठुला पसल र प्रयोग विहीन सामग्रीहरु फुटपाथमा थुपारिएको सहजै हेर्न सकिन्छ । जनकपु ४ रामचौकमा त कपाल काट्ने सैलून नै संचालन गरिएको छ । तर संचालकलाई भन्ने कोई छैन । सरोकारवाला निकायको ढीला सुस्ती र गैरजिमेवारपनाले बाटो हिड्ने बटुवा सड़कमैं हिडेको छ तर फुटपाथ भन्ने अन्य प्रयोजन लागि प्रयोग भइ रहेको स्थानीयको आरोप छ । स्थानीय व्यापारी राजू कापड़ी (व्यवसायी)भन्छन , ‘ नगरपालिकाले नगर प्रहरीको प्रयोग भन्दा दुरुपयोग गरेको छ ।’

खाशमा मेयर लालकिशोर साहको बदनीयतले नै सड़कपेटी व्यापारिको कब्जामा रहेको व्यवसायी कापड़ीको तर्क छ, ‘ सड़क पेटिमा पसल संचालन गरेकाहरु संग उप महानगरले पैसा (कर) असुली गरेपछि यो समश्या उत्पन्न भएको भन्छन ।

जनकपुरको फुटपाथमा कारोबार संचालन गरेका व्यापारीहरु संग समेत हामीले प्रश्न गर्दा कोई कोईले गलती नै स्वीकारे भने कोई संग जबाब नै थिएन व्यापारीहरु अनुत्तरीत छन । आफूहरु गरीब भएकोले यो फुटपाथमा नै समान बेचेर जीवन यापण गर्ने गरेको राम चोकमा पसल थापेका एक व्यापारिले बताए ।

जनकपुरधाम उप महानगर पालिकामा नगर प्रहरी छन तर नगरलाई व्यवस्थित गर्नु भन्दा पनि नगर प्रमुखको सुरक्षा र हेरचाहमा व्यस्त हुन्छन उनीहरु ।

फुटपाथको विसयमा जनप्रतिनिधिसंग प्रश्न गर्दा उनीहरु कानूनको कुरा गर्छन । आफूहरु जनप्रतिनिधि भएको नाताले समझाई बुझाइ गर्ने गरेको भएपनि फुटपाथ व्यवस्थित गर्न कानूनी रुपमा नै अगाडि बढ्ने समय आई सकेको बताउछन जनप्रतिनिधिले । जनकपुर ४ का वडाअध्यक्ष सुदर्शन सिंहले कानूनी रुपमा नै यो सड़कपेटीलाई अतिक्रमण गरेको खाली गराउनु पर्ने तर्क गर्छन । जनकपुरधाम उप महानगर पालिकाको कार्यालयले यसको जिम्मा पाएको सिंह भन्छन , ‘ हामी बोर्ड बैठकमा पनि प्रश्न उठाई सकेका छौ तर मेयरले ध्यान दिएको छैन ।’ पुरानो १६ ओटा वार्डको जनकपुरधाम उप महानगर पालिका भित्र अहिले २५ ओटा वार्डहरु रहेको छ । मुख्य शहर भित्र हिड्ने उदेश्य सहित बटुवाको लागि बनाईएको फुटपाथ अन्य प्रयोजनको लागि प्रयोग हुँदा समेत पालिकाले ठोश योजना बनाउंन सकेको छैन । न त नगर प्रहरीको सदुपयोग नै गर्न सकेका छन ।

सड़क दुर्घटनालाई न्यूनीकरण गर्न समेत फुटपाथ निर्माण गरिएको हो तर व्यापारी द्वारा फुटपाथ कब्जा भएपछि सर्वसाधारणर विच सड़कमा हिड्न बाध्य छन ।
फुटपाथ व्यवस्थित गर्न उप महानरपालिका अब अगाडि न बढ़े हामी आफ्नै तरिकाले कानून बमोजिम अगाडि बढ्ने धनुषा ट्राफिकले तैयारी गरेको छ ।
धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले अब नगरपालिकाले यस विसयमा न सोचे कानून अनुसार हामी अगाडि बढ्ने र करवाहिको दायरामा ल्याउने बताए । उनले खास यो कार्य उप महानगर र नगर प्रहरीको नै रहेको स्पस्ट पार्दै ट्राफिक प्रमुख न्यौपानेले भने, ‘ट्राफिक प्रहरी कार्यालय तैयारी अवस्थामा छ स्थानीय सरकार र पालिकाले कुनैपनि बेला हामी संग सहयोग लीन सक्नु हुन्छ ।’

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम, प्रदेश २ को मुख्य मुकाम पनि हो ।
उप महानगर भित्रको प्रमुख सड़क बाज़ारहरु व्यवस्थित गर्न , फुटपाथको समुचित प्रयोग गर्न गराउन समेत स्थानीय सरकारको प्रमुख दायित्व हो । राम्रो हाम्रो जनकपुरधाम बनाउंन, सड़क पेटी, फुटपाथ, मुख्य सड़क लगायतको विसयमा सरोकार वाला निकाय र जनप्रतिनिधिले दीर्घकालीन योजना बनाएर अगाडि बढ्दा झन बेस ।

Exit mobile version