749,709 total views, 128 views today
जनकपुरधाम ।
प्रदेश नम्बर २ सरकारले प्रदेशवासी आमजनतालाई सहुलियत दिन भनेर प्रदेशस्तरीय बस संचालनमा ल्याउने भएको छ । सरकारले पांच ओटा बस खरिद गरेको छ ।
सरकारको महत्वकांक्षी योजना अनुसार ५ वटा बस प्रदेश २ स्थित धनुषाको ढल्केवरमा रहेको सिप्रादीको कार्यालयमा राखिएको भौतिक विकास पूर्वाधार मन्त्रालयले जनाएको छ ।
प्रति बस ६७ लाख ९५ हजार रुपैयाँमा खरिद गरिएका ५ वटै बसको औपचारिकरुपमा एक कार्यक्रम वीच सार्वजनिक गर्ने प्रदेश सरकारको योजना रहेको भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
प्रदेश सरकराको महत्वाकांक्षी योजना अनुरुप आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश गरिए अनुसार नै सो ५ वटा बस खरिद गरेको र केहि दिन भित्रै औपचारिकरुपमा उद्घाटन गरि संचालन गर्ने मन्त्री सोनलको भनाई छ ।
नीजि बसहरु भन्दा सस्तो भाडादरमा आमजनताको सहजताका लागि जनकपुर देखि वीरगंज २ वटा बस र २ वटा बस जनकपुर देखि राजविराज तथा एउटा बस राजविराज देखि वीरगंजसम्म संचालन हुने योजना रहेको छ ।
गाडी खरिद तथा संचालनको उद्देश्य र योजना बारे हाल प्रदेश सरकारले केहि बताउन चाहेका छैनन् ।
स्रोतका अनुसार बसको भुक्तानी समेत बाकी रहेकाले सो फछ्र्यौटसंगै योजनाहरु स्पष्ट पारी गाडी औपचारिकरुपमै भव्य कार्यक्रम वीच संचालनमा ल्याइने योजना भौतिक विकास पूर्वाधार मन्त्रालयको रहेको छ ।
५ वटा खरिद गरिएको बसको ३ करोड ३९ लाख ७५ हजार रुपैयाँ लागतको रहेको मन्त्रालयले जनाएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई